आज गण्डकी प्रदेश सभा बैठक बस्दै

तु खबर संवाददाता
२०७९ असार २०, सोमबार १०:११
file-photo

कास्की । गण्डकी प्रदेशसभा बैठक आज बस्दैछ । बजेट भाषण गरेको २० दिनपछि गण्डकी प्रदेश सभाको बैठक आज बस्न लागेको हो । बैठक दिउँसो १ बजेदेखि बैठक बस्ने प्रदेश सभा सचिव हरिराज पोखरेलले जानकारी दिए ।

आइतबार बसेको गण्डकी प्रदेशको कार्यव्यवस्था समितिको बैठकमा सहमति भएपछि आज प्रदेश सभा बैठक बस्ने भएको हो । आज र भोलि विनियोजन विधेयकमा छलफल हुने र २२ गतेदेखि बजेटउपर छलफल हुने भएको हो ।

असार १ गते गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामजी बरालले आर्थिक वर्ष २०७९–०८० का लागि ३५ अर्ब ९० करोड ९० लाखको बजेट प्रस्तुत गरेका थिए ।