चट्याङबाट एक जनाको मृत्यु
बाग्लुङ । बागलुङमा गएराति चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठेखोला गाउँपालिका–४ तग्राम फापरखेतकी २८ वर्षीया सुष्मा पुन रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
प्रहरीका अनुसार, पुन आफ्नै घरको भान्सा कोठामा बसिरहेको अवस्थामा चट्याङमा परी घाइते भएकी थिइ । घाइते उनको उपचारका क्रममा धवलागिरि अस्पतालमा मृत्यु भएको हो ।
