वामदेवको पार्टीमा ८ जनाको सचिवालय रहने
काठमाडौं । वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान पार्टीको सचिवालयमा ८ जना रहने घोषणा गरिएको छ । मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा गौतमले नयाँ पार्टीसहित सचिवालय गठनबारेको जानकारी गराएका हुन् ।
सचिवालयमा गौतमसहित डीबी कार्की, ओम शर्मा चालिसे डिल्लीराज भट्टराई, दुर्गा भण्डारी, निमकान्त पाण्डे, भगवती विष्ट र युवराज सफल रहेका छन् । यस्तै, पार्टीको केन्द्रीय कमिटी ७५ सदस्यीय रहेको छ भने दैनिक पार्टी सञ्चालनका लागि स्थायी कमिटी निर्माण हुनेछ ।
