विराटनगरमा वर्षाका कारण १५०० घर डुवान, एकको मृत्यु
विराटनगर । मंगलबार बिहानैदेखि परेको अविरल वर्षाका कारण विराटनगरमा १ हजार ५ सय घरपरिवार डुबानमा परेका छन् भने सयौँ घर परिवार विस्थापित भएका छन् । विराटनगरको वडा नम्वर १, २, ४, ६, ७, ८, ११, १२, १६ र १९ नम्वर वडाका १ हजार ५ सय घरपरिवार डुबानमा परेको हो ।
यस्तै, सुन्दरहरैचा ६ गछिया खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुन्दरहरैचा ६ कै ५८ वर्षीय रामबहादुर विक रहेका छन् । सुनवर्षी नगरपालिका, केराबारी गाउँपालिका, बेलबारी नगरपालिका, कटहरी गाउँपालिका, ग्रामथान र बुढीगंगा गाउँपालिकाका कतिपय वस्तिहरु पनि बाढीका कारण कटान र डुबानको समस्यामा परेको मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले जानकारी दिए ।
