चट्याङ लागेर श्रेष्ठ र थापाको मृत्यु

तु खबर संवाददाता
२०७९ असार १४,मंगलवार १०:१४
file-photo

महेन्द्रनगर । कञ्चनपुरको पुनर्वास नगरपालिकामा आज बिहान चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । वर्षासँगै चट्याङ पर्दा पुनर्वास नगरपालिका–६ टाउन बजारका ४० वर्षीय देवेन्द्र श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको हो । उनको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा लगिएको छ ।

यस्तै, आज बिहान नै चट्याङ लागेर पुनर्वास नगरपालिका–८ की २५ वर्षीया शारदा थापाको पनि मृत्यु भएको छ । थापाको खेतमा काम गर्दै गर्दा चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको हो ।

थापासँगै रहेका अर्का एक व्यक्ति सामान्य घाइते भएको प्रहरीले जनाएको छ । दुबै घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।