देशभर थपिए ४१ जना कोरोना संक्रमित

तु खबर संवाददाता
२०७९ असार १३, सोमबार १६:४७
file-photo

काठमाडौं । नेपालमा थप ४१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशभरका ३ हजार ३५८ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, सो अवधिमा दुई हजार ३३७ जनाको पीसीआर र एक हजार ६२१ जनाको एन्टिजेन परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको हो । यस्तै, सो अवधिमा २० जना कोरोना संक्रमणमुक्त भएका छन् भने संक्रमणका कारण कुनै पनि व्यक्तिको निधन भएको छैन ।