हेटौंडामा एक जनाको शव फेला

तु खबर संवाददाता
२०७९ असार १२, आईतवार १६:१२

मकवानपुर । मकवानपुरको हेटौंडामा आइतबार एक जनाको शव फेला परेको छ । जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० स्थित कर्रामा बेवारिसे अवस्थामा एक जना पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार, उक्त स्थानमा अन्दाजी ५५ वर्षीय पुरुषको शव फेला परेको हो । प्रारम्भिक बुझाई अनुसार पुरुष केही समय अघिदेखि कर्रा पुलमुनी खाने, बस्ने गर्दै आएका थिए । ती पुरुषको शव पोष्टमार्टमका लागि हेटौंडा अस्पतालमा ल्याइएको छ । उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।