नेपाल डेरी एसोसिएसनको अध्यक्षमा दाहाल चयन
मकवानपुर । नेपाल डेरी एसोसिएसनको अध्यक्षमा पह्लाद दाहाल चयन भएका छन् । बागमती प्रदेशको राजधानी हेटौंडामा भएको एसोसिएसनको २२ औं वार्षिक साधारण सभा तथा ८ औं अधिवेसनबाट दाहाल अध्यक्षमा चयन भएका हुन् ।
यस्तै, एसोसिएसनको वरिष्ठ उपाध्यक्षमा राजन चिमोरिया, प्रथम उपाध्यक्षमा दीप प्रसाद धमला, द्धितीय उपाध्यक्षमा कर्णबहादुर हमाल, तृतीय उपाध्यक्षमा रेशबहादुर खड्का, चौथो उपाध्यक्षमा मनोज कुमार घिमिरे चयन भएका छन् ।
यसैगरी, एसोसिएसनको महासचिवमा हेमचन्द्र खनाल, उप–महासचिवमा विजयप्रसाद चौरसिया, कोषाध्यक्षमा दयाराम भण्डारी, सचिवमा शिवहरी आचार्य, सह–कोषाध्यक्षमा रामभक्त दाहाल, सहसचिव शिव भुषाल चयन भएका छन् ।
एसोसिएसनको सदस्यहरुमा क्रमशः प्रेम प्रकाश पाठक, निराजन कोइराला, दिवाकर क्षेत्री, अशेष कुमार बुढाथोकी, नवीन प्रसाद चौरसिया, अर्जुन अधिकारी, सुमन चिमरिया, रमेश सञ्जेल, भुवनेश्वर न्यौपाने, पवन बास्तोला, रविशरण थापा, नवराज तिमल्सिना, शिव घिमिरे र प्रकाश सामन्त चयन भएका छन् ।
निर्वाचित अध्यक्ष तथा नयाँ कार्यसमितिलाई निर्वाचन संयोजक अधिवक्ता शिव बहादुर कोइराला र राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र यादव लगायतले बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।
