हेटौंडामा वैदेशिक रोजगारीमा जानेलाई स्वास्थ्य सचेतना कार्यक्रम

तु खबर संवाददाता
२०७९ असार ११, शनिबार ०९:३७

मकवानपुर । हेटौंडामा वैदेशिक रोजगारमा जाने व्यक्तिहरुलाई स्वास्थ्य सचेतना तथा प्रवद्धन कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम शुक्रबार स्वास्थ्य कार्यालय मकवानपुरको आयोजनामा भएको हो ।

पालुङ स्वास्थ्य केन्द्रका प्रमुख शक्ति चौरासियाले सहजीकरण गरेको कार्यक्रममा पछिल्लो समय पठनपाठनको लागि विदेश जाने विद्यार्थीहरुलाई त्यहाँ रोजगारीमा हुँदा ध्यान दिन पर्ने विषयहरु, पेशागत समस्या साथै रोग तथा समाधानका विषयमा अन्तरक्रिया गरिएको थियो । शिक्षा आर्जन गर्न विदेश गएपनि कुनै रोजगारीमा आवद्ध हुनपर्ने अवस्थामा कुन पेशाले स्वास्थ्यमा कस्तो असर पार्दछ भन्ने विषयमा समेत सचेत पारिएको थियो ।