भीमफेदी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित )

तु खबर संवाददाता
२०७९ असार ११, शनिबार ०९:१८

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकाको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिका अध्यक्ष हिदम लामाको अध्यक्षतामा शुक्रबार आयोजित नवौं गाउँसभामा उपाध्यक्ष सञ्जिव श्रेष्ठले आगामी आवकोे लागि नीति तथा कार्यक्रम पेश गरेका हुन् ।

गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि गाउँपालिकाको वास्तविक आर्थिक, भौगोलीक र सामाजिक अवस्था कोभिड–१९ र मनसुनजन्य जलउत्पन्न प्रकोपबाट सृजित चुनौति तथा गाउँपालिकाको विशेष प्राथमिकतामा परेका विषयलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट तर्जुमा गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमलाल महर्जनले जानकारी दिए ।

गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन, उद्यमशीलता, रोजगरी, मानवीय विकास एवम् गाउँपालिकाको समग्र सामाजिक, सांस्कृतिक, आर्थिक, भौतिक लगायतका विषयलाई प्राथमिकतामा राखिएको उनले बताए ।

हेर्नुहोस् नीति तथा कार्यक्रमको पूर्णपाठ ।