पेट्रोलियम कर ५० प्रतिशत घटाउन संसदीय समितिको निर्देशन

तु खबर संवाददाता
२०७९ असार १०, शुक्रबार १८:१४
filr-photo

काठमाडौं । संसदीय समितिले पेट्रोलियम कर ५० प्रतिशत घटाउन सरकारलाई निर्देशन दिएको छ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिको बुधबार बसेको बैठकले सरकारलाई सो निर्देशन दिएको हो ।

बुधबार समिति अन्तर्गत गठन भएको बजार अनुगमन उपसमितिको बैठकमा समितिका सभापति समेतको सहभागितामा आयल निगमका पदाधिकारीसँग छलफल भएको थियो ।

छलफल पश्चात सभापति मार्फत नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, अर्थ मन्त्रालय र नेपाल आयल निगम ५० प्रतिशत कर घटाउन निर्देशन भएको हो ।

हाल पेट्रोलमा प्रतिलिटर ६५ रुपैयाँ डिजेलमा प्रतिलिटर ४५ रुपैयाँ र एलपीजी ग्यासमा प्रतिसिलिन्डर ३२९ रुपैयाँ कर लाग्दै आएको छ । ५० प्रतिशत कर घटे हाल कायम मूल्य पनि घट्ने निश्चित छ ।