२२ बीमा कम्पनीहरुलाई कारवाही

तु खबर संवाददाता
२०७९ असार ९, बिहीबार १८:४३
file-photo

काठमाडौं । बीमा समितिले २२ वटा बीमा कम्पनीहरुलाई कारबाही गरेको छ । समितिले निर्धारित समयमा वित्तिय विवरण तयार पारी लेखा परिक्षण प्रतिवेदन नबुझाउने २२ बीमा कम्पनीहरुलाई जनही १० हजार रुपैयाँ जरिवानासहित कारबाही गरेको हो ।

कारबाहीमा पर्नेहरुमा क्रमशः लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल), एशियन लाइफ इन्स्योरेन्स कम्पनी, सूर्या लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स, रिलायन्स लाइफ इन्स्योरेन्स, ज्योति लाइफ इन्स्योरेन्स, सिटिजन लाइफ इन्स्योरेन्स, प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्स रहेका छन् ।

त्यस्तै, राष्ट्रिय बीमा संस्थान, नेशनल लाईफ इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स, आईएमई लाइफ इन्स्योरेन्स, यूनियन लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, सानिमा लाइफ इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी, नेपाल पुनर्बीमा कम्पनी, दि ओरियन्टल इन्स्योरेन्स र नेशनल इन्स्योरेन्स कम्पनी रहेका छन् ।

कारबाहीको दायरामा परेका २२ वटा कम्पनीमध्ये १० वटालाई १० हजार रुपैयाँ र १२ वटालाई १० हजार ५ सय रुपैयाँ नगद जरिवाना गरेको जनाइएको छ ।