हेटौंडामा शुक्रबार एक दिने ‘डेरी मेला’ हुने

तु खबर संवाददाता
२०७९ असार ९,बिहीबार १७:३१

मकवानपुर । नेपाल डेरी एसोसिएसनले बागमती प्रदेशको राजधानी हेटौंडामा भोलि (शुक्रबार) एक दिने ‘डेरी मेला’ को आयोजना गर्ने भएको छ । एसोसिएसनले आफ्नो २२ औं वार्षिक साधारण सभा एवम् ८ औं राष्ट्रिय महाधिवेशनको अवसरमा डेरी मेलाको आयोजना गर्न लागेको हो ।

आज हेटौंडामा पत्रकार सम्मेलन गर्दै एसोसिएसनका केन्द्रीय अध्यक्ष राधाकृष्ण सापकोटाले दुधको महत्व र दुग्ध पदार्थको उपभोगमा वृद्धि गर्न प्रचारप्रसार गर्न उक्त मेलाको आयोजना गर्न लागिएको जानकारी दिए ।

उनका अनुसार, मेला हेटौंडा–२ को पल्पसा सदनमा बिहान १० बजेदेखि अपरान्न ४ बजेसम्म संचालन हुनेछ भने त्यसपश्चात एसोसिएसनको साधारणसभा एवं अधिवेशन सुरु हुनेछ ।

उक्त मेलाको उद्घाटन कार्यक्रम बागमती प्रदेशका कृषि तथा पशुपंक्षी मन्त्री बसुन्धरा हुमागाईले गर्ने भएको एसोसियसनका अध्यक्ष सापकोटाले बताए ।