लागूऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसमा विविध कार्यक्रम हुने

तु खबर संवाददाता
२०७९ असार ९,बिहीबार १७:२४

मकवानपुर । मकवानपुरमा लागूऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका दिन विविध कार्यक्रमको आयोजना हुने भएको छ । यही असार १२ गते (मार्च २६) लागूऔषध दुव्र्यसन नियन्त्रणको क्षेत्रमा क्रियाशील विभिन्न गैरसरकारी संघ, संस्थाको अग्रसरतामा विविध कार्यक्रम हुने भएको हो ।

रकभरिङ समूह नेपालका सन्दीप शाक्यका अनुसार, उक्त दिवसको अवसरमा असार १२ गते बिहान प्रभातफेरीको आयोजना गर्ने, बिहानै लागूऔषध दूव्र्यसनहरुको पुनस्र्थापना केन्द्रको अवलोकन गर्ने, दिउँसो विद्यालयहरुमा विद्यार्थीका लागि सचेतनामूलक कार्यक्रम आयोजना गर्ने, साँझ दीप प्रज्वलन गरी कार्यक्रम समापन गर्ने भएको छ ।