पहिरोमा परेर दुई भारतीय बेपत्ता
बुटवल । कपिलवस्तुको धानखोलामा पहिरोमा परेर दुई जना भारतीय बेपत्ता भएका छन् । बेपत्ता हुनेहरुमा भारतको सिद्धार्थनगर जिल्लाका १७ वर्षीय निखिल कौशल र १८ वर्षीय सुरज सोनी रहेका छन् । प्युठानको स्वर्गद्वारी दर्शन गरी फर्कदै गरेका उनीहरु पहिरोमा परेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।
लु २ ख २७१६ नम्वरको फोर्स गाडीमा फर्किँदै गरेका उनीहरुलाई शिवराज नगरपालिका–१ मा पर्ने धानखोलामा गाडीबाट ओर्लेर खोला तर्ने क्रममा अचानक आएको पहिरोले बगाएको हो । उनीहरुको खोजी कार्य जारी रहेको छ ।
