फेरी बढ्यो पेट्रोलियम पदार्थको भाउ

तु खबर संवाददाता
२०७९ असार ६,सोमबार ०८:२७

मकवानपुर । नेपाल आयल निगमले फेरी पेट्रोलियम पदार्थको भाउ बढाएको छ । निगमले गएराति १२ बजेदेखि लागुूहुने गरी पेट्रोलियम पदार्थको भाउ बढाएको हो । निगम सञ्चालक समितिको बैठकले डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले बढाएको हो ।

भाउ बढेसँगै एक लिटर पेट्रोलको मूल्य १९९ रुपैयाँ पुगेको छ । यसैगरी एक लिटर डिजेल र मट्टीतेल किन्न १९२ रुपैयाँ पुगेको छ । निगमले हवाई इन्धनमा पनि आन्तरिकतर्फ १९ रुपैयाँले वृद्धि गरी १८५ रुपैयाँ प्रतिलिटर पुर्याएको छ । हवाई इन्धनको बाह्यतर्फ भने १०० अमेरिकी डलरले मूल्यवृद्धि गरिएको छ ।