जिप दुर्घटना हुँदा खड्कासहित दुई जनाको मृत्यु

तु खबर संवाददाता
२०७९ असार ५, आईतवार ०८:२३

जाजरकोट । रुकुमपश्चिममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको आठबिसकोट नगरपालिका–११ चिसापनी नजिकै राडीबाट रिम्नातर्फ जाँदै गरेको ग १ ज १८९७ नम्वरको जिप अनियन्त्रित भएर दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको प्रहरीले जनाएका छ ।

मृत्यु हुनेमा चालक बाँफिकोट गाउँपालिका–८ दुलिका कविराम विक र सहचालक मुसिकोट नगरपालिका–११ का कमल खड्का रहेको इलाका प्रहरी कार्यालय आठबिसकोटले जनाएको छ । प्रहरीका अनुसार, शनिबार साँझ भएको सो दुर्घटनामा परेर दुबै जनाको घटनास्थलमै मृत्यु भएको हो । जिपमा चालक र सहचालक मात्र रहेको जनाएको छ ।