ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु

तु खबर संवाददाता
२०७९ असार ४, शनिबार १७:४१

सुर्खेत । सुर्खेतमा शनिबार बिहान ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बिहान ट्रक दाङबाट सिमेन्ट र र सरिया लोड गरी जाजरकोटतर्फ जाँदै गरेको ना ४ ख ९७६१ नम्बरको मालबाहक ट्रक गुर्भाकोट नगरपालिका–९ स्थित भालुखोला चौपारी डाँडामा ट्रक दुर्घटना हुँदा दुई जनाको च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा ट्रक चालक रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ बस्ने २४ वर्षीय भीमबहादुर नेपाली र जाजरकोट नलगाढ नगरपालिका–१२ बस्ने २४ वर्षीय मिलन गुरूङ रहेका छन् । ट्रक सडकभन्दा ५० मिटर तल खसेको थियो ।