बागमती प्रदेश सरकारले हेटौंडामा निर्माणधिन दुग्ध पाउडर प्लान्ट संचालनमा ल्याउने
मकवानपुर । बागमती प्रदेश सरकारले हेटौंडामा निर्माणधिन दुग्ध पाउडर प्लान्ट संचालनमा ल्याउने भएको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले बुधबार प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै सो बारे जानकारी गराएका हुन् ।
उनले काभ्रे जिल्लामा पनि मिनी दुग्ध पाउडर प्लान्ट स्थापना गर्ने गरी बजेट विनियोजन गरिएको बताए । उनले यसअघि वितरण हुँदै आएको उत्पादनमा आधारित कृषि अनुदानहरू बाहेक सबै अनुदान खारेज गर्ने घोषणा गरेका छन् ।
यस्तै, उनले प्रदेश सरकारले ११९ वटा स्थानीय तहका लागि १ अर्ब ७५ करोड रुपैयाँ समानीकरण अनुदान विनियोजन गरेको घोषणा गरे । साथै प्रदेश सरकारले आगामी आवमा प्राङ्गरिक मल र गड्यौला मलको प्रयोग प्रोत्साहन गर्न ५ करोड ७५ लाख रुपैयाँ बजेट छुट्याएको उनले बताए ।
