फेरि बढ्यो इन्धनको भाउ

तु खबर संवाददाता
२०७९ जेष्ठ २७,शुक्रबार ०८:१७

काठमाडौं । नेपाल आयल निगमले इन्धनको भाउ फेरि बढाएको छ । सरकारले पूर्वाधार कर समायोजन गर्ने निर्णय गरेपछि प्रतिलिटर १० रुपैयाँ घटेको इन्धनको भाउ निगमले बिहीबार मध्यरातदेखि लागू हुने गरी बढाएको हो ।

अन्तर्राष्ट्रिय बजारमा उच्च दरले मूल्य वृद्धि भएको तथा इन्धन आयल कर्पोरेसनलाई भुक्तानी गर्नुपर्ने बक्यौता २० अर्ब पुगेको भन्दै निगम संचालक समितिले पेट्रोलमा लिटरको ८ रुपैयाँ तथा मट्टीतेल र डिजलमा १२ रुपैयाँ भाउ बढाएको हो ।

भाउ बढेसँगै एक लिटर पेट्रोलको मूल्य १७८ रुपैयाँ, मट्टीतेल र डिजलको मूल्य १६५ रुपैयाँ पुगेको छ । निगमले एलपी ग्याँस तथा हवाई इन्धनको मूल्य भने बढाएको छैन ।