बुधबार ६० अंकले बढ्यो नेप्से परिसूचक

तु खबर संवाददाता
२०७९ जेष्ठ २५, बुधबार १५:३७

काठमाडौं । केही दिनदेखि लगातार ओरालो लागेको नेप्से परिसूचक आज सुधार आएको छ । मंगलबार ४५.५९ अंकले घटेर २०२० को विन्दुमा पुगेको नेप्से परिसूचक आज ६०.२२ अंकले बढेर २०८० को विन्दुमा कायम भएको छ ।

आज नेप्सेमा सूचीकृत २३१ कम्पनीको ५० लाख ५ हजार ८१४ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ६४ करोड ३ लाख ५६ हजार ६०८ रुपैयाँको कारोबार भएको छ । यसअघि मंगलबार नेप्सेमा सूचीकृत २३४ कम्पनीको ३८ लाख ८७ हजार ७४८ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ३१ करोड २८ लाख ६ हजार ५६२ रुपैयाँको कारोबार भएको थियो ।

नेप्सेमा रहेका १३ उपसूचक नै आज चम्किएको छ । सबै समूहमा हरियाली छाउँदा सर्वाधिक निर्जिबन बीमा समूहको ३२० रुपैयाँले बढ्न पुगेको छ । त्यस्तै, जीवन बीमा समूहको २९३.१३ रुपैयाँ र विकास बैंक समूहको ११६.३९ रुपैयाँले बढेको छ ।