रुपन्देही बस दुर्घटना : मृतक सबैको सनाखत
बुटवल । रुपन्देहीको रोहिणी खोला पुलमा आइतबार बिहान भएको बस दुर्घटनामा मृत्यु भएका सबैको सनाखत भएको छ । जनकपुरबाट भैरहवा आउँदै गरेको लु २ ख ३८४१ नम्वरको यात्रुवाहक बस रोहिणी पुलबाट खोलामा खसेर दुर्घटना हुँदा एक महिला र ८ जना पुरुष गरी ८ जनाको मृत्यु भएको थियो ।
मृत्यु हुनेहरूमा रुपन्देहीको ओमसतिया गाउँपालिका–४ का ६५ वर्षका राजेन्द्र पाण्डे, तिलोत्तमा नगरपालिका–८ की ३७ वर्षकी तुलसी बस्याल, तिलोत्तमा–२,योगीकुटीका ५६ वर्षका विष्णु पौडेल, रौतहट चन्द्रनिगाहपुरका २० वर्षका दिनेश दास रहेका छन् ।
यस्तै, बुटवल उपमहानगरपालिका–११ कालिकानगरका ४८ वर्षका कृष्णप्रसाद बस्याल, बुटवल उपमहानगरपालिका–६ आदर्शनगर बस्ने ४० वर्षका अरविन्द शर्मा, अरविन्दका बुवा ५० वर्षका नागेन्द्र शर्मा र सितामढी भारतका ४५ वर्षका सञ्जय गुप्ता र महोत्तरी पिप्रहवा– ५का ३० वर्षका चन्दन यादवको मृत्यु भएको छ । उक्त बसमा ३२ जना सवारी थिए ।
