मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु, २ जना घाइते

तु खबर संवाददाता
२०७९ जेष्ठ २३, सोमबार १०:३९

काठमाडौं । बाँकेको कोहलपुर नगरपालिका १२ चप्परगौडीमा दुई ओटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

गएराति चप्परगौडीबाट कोहलपुरतर्फ जाँदै गरेको भे १२ प ३३९८ नम्वरको मोटरसाइकल र विपरीत दिशाबाट आँउदै गरेको भे ११ प ११८१ नम्वरको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

मृत्यु हुनेमा ३३९८ नम्वरका मोटरसाइकल चालक कोहलपुर नगरपालिका–२, बाँकेका २९ वर्षीय खड्क गुरुङ रहेका छन् । दुर्घटनामा परेर गम्भीर घाइते भएका गरुङको उपचारको क्रममा कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, सोही मोटरसाइकल पछाडि सवार कोहलपुर २ का २९ वर्षीय राम बहादुर घले र अर्का मोटरसाइकल चालक सुर्खेतको लेकबेसी नगरपालपालिका ८ का ३८ वर्षीय दल बहादुर सारु घाइते छन् । उनीहरुको उपचार नेपालगञ्ज मेडिकल कलेजमा भइरहेको छ ।