जसपा पनि मन्त्री हेरफेरको तयारीमा जुट्यो

तु खबर संवाददाता
२०७९ जेष्ठ २३, सोमबार ०८:३०
file-photo

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) पनि मन्त्री हेरफेरको तयारीमा जुटेको छ । नेकपा (एकीकृत समाजवादी) ले पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँलाई अवसर दिएसँगै जसपामा पनि मन्त्री हेरफेरको तयारी गरेको हो ।

अध्यक्ष उपेन्द्र यादवले नयाँ मन्त्री छान्न आन्तरिक तयारी सुरु गरिसकेको जसपाका एक नेताले जानकारी दिए । ती नेताका अनुसार, पार्टीको तर्फबाट सरकारमा सहभागी भएका चार मन्त्रीमध्ये तीन जनालाई फिर्ता बोलाउने तयारी भएको छ ।

हाल राजेन्द्र श्रेष्ठ, रेणु यादव, महेन्द्रराय यादव र रामसहाय प्रसाद यादव मन्त्री छन् । तीमध्ये महेन्द्रराय यादवबाहेकका मन्त्रीलाई फिर्ता बोलाएर प्रदीप यादव, प्रमोद साह, इस्तियाक राईलाई सरकारमा पठाउने तयारी भइरहेको जनाइएको छ ।