मकवानपुर गोल्डकप : एपीएफ टोली विजयी
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा जारी चौथो स्थानीय तह सहीद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकपअन्तरगत आइतबार बिहान भएको खेलमा सशस्त्र प्रहरीको नेपाल एपीएफ टोली विजयी भएको छ ।
हेटौंडा–५ को पिप्ले रंगशालामा भएको खेलमा फ्रेन्डस क्लब ललितपुरलाई ३–० गोल अन्तरले पराजित गर्दै एपिएफ टोलीले जित हात पारेको हो । खेलको पहिलो हाफको २८ औं मिनेटमा एपीएफका नवीन लामाले पेनाल्टीमार्फत् गोल गर्दै अग्रता दिलाएका थिए ।
यसैगरी, खेलको दोस्रो हाफको ३१ औं मिटेमा एपीएफका सविन गुरुङले गोल गर्दै अग्रतालाई दोब्बर बनाए । खेलको अतिरिक्त समयमा एपीएफका रवि थिङले गोल गर्दै एपिएफलाई सहज जित दिलाए । खेलमा एपिएफका प्रदीप लामा म्यान अफ दी म्याच घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे ।
यसैगरी, प्रतियोगिता अन्तर्गत आज अपरान्न ४ बजे नेपाल पुलिस क्लब र खुमलटार युवा क्लबबीच प्रतिस्प्रर्धा हुने भएको छ । आगामी ३० गतेसम्म संचालन हुने उक्त प्रतियोगितामा विजेता टोलिले शिल्ड, मेडल र प्रमाणपत्रसहित १५ लाख रुपैयाँ र उपविजेता टोलिले १० लाख रुपैयाँ प्राप्त गर्ने छन् ।
यस्तै, सर्वोकृष्ट खेलाडीलाई बुलेट बाइक, विद्यागत उत्कृष्ट खेलाडीलाई २५ हजार रुपैयाँ र हरेक खेलमा म्यान अफ दि म्याच खेलाडीलाई १० हजार रुपैयाँ प्राप्त हुनेछ ।
