माओवादीले पार्टीको केन्द्रीय कार्यालय विस्तार गर्न रकम संकलन गर्ने

तु खबर संवाददाता
२०७९ जेष्ठ २२, आईतवार १५:२४

काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय कार्यालय विस्तार तथा व्यवस्थित गर्न सदस्यहरुबाट आर्थिक रकम संकलन गर्ने भएको छ । माओवादीले हरेक सदस्यबाट न्यूनतम १०० रुपैयाँको दरले रकम संकलन गर्ने भएको हो ।

आइतबार बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकले उक्त निर्णय गरेको हो । बैठकले पार्टी कार्यालय विस्तार र व्यवस्थित गर्न ८ लाख सदस्यबाट एक महिना भित्र न्युनतम एक सय रुपैयाँको दरले संकलन गर्ने निर्णय गरेको पूर्व स्थायी समिति सदस्य हरिबोल गजुरेलले जानकारी दिए ।