रोटरी क्लब अफ हेटौंडाद्वारा तीन जना सम्मानित
मकवानपुर । रोटरी क्लब अफ हेटौंडाले मकवानपुरमा जन्मिएर विभिन्न पेशा व्यवसायमा संलग्न रहेका तीन जनालाई सम्मान गरेको छ । क्लबले शनिबार एक कार्यक्रमको आयोजना गरी भोकेस्नल एक्सिलेन्स अवार्ड मार्फत तीन जनालाई सम्मान गरेको हो ।
क्लबले भोकेस्नल एक्सिलेन्स अवार्ड २०२० बाट मकवानपुरमा जन्मिएका न्युरो सर्जन डा. गोपालरमण शर्मा, सन् २०२१ को एसियाकै पहिलो महिला फिफा रेफ्री कल्पना शर्मा र २०२२ को मुटुरोग विशेषज्ञ प्रा.डा प्रेमराज वैद्यलाई अवार्ड प्रदान गरेको हो । डा. वैद्य हेटौंडाको पहिलो मुटुरोग विशेषज्ञ हुन् । उनी नेपाल हर्ट फाउण्डेशका प्रमुख हुन् । उनीहरुलाई बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले नगद २५ हजार रुपैयाँ पुरस्कार राशीसहित सम्मान गरेका हुन् ।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले रोटरीले स्वास्थ्य र शिक्षामा सेवा प्रवाह गर्दै आइरहेको प्रति धन्यवाद दिए । उनले प्रदेश सरकारले हेटौंडा अस्पताललाई चाहिने इकुमेन्ट खरिद गर्न लागेको र त्यसका लागि प्राध्यापक डाक्टरहरुको सहयोग चाहिने बताए । साथै उनले मध्ये नेपालको हवको रुपमा हेटौंडालाई विकास गर्ने बताउँदै हेटौंडामा नै किड्नी प्लान्ट सेवा सुरु गरिने बताए ।
रोटरी क्लब अफ हेटौंडाका अध्यक्ष रामप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरका मेयर मिना कुमारी लामा, उपमेयर राजेश बानियाँ, प्रा. बसन्त विडारी लगायत वडा अध्यक्ष,रोटरीका पूर्व अध्यक्ष तथा सदस्यहरुको उपस्थिती रहेको थियो ।
