जिपको ठक्करबाट ५ वर्षीय बालकको मृत्यु

तु खबर संवाददाता
२०७९ जेष्ठ २१, शनिबार १०:०५
file photo

काभ्रे । काभ्रेको बनेपा– ७ स्थित धनेश्वरमा जिपको ठक्करबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोकको सुनकोसी–१ घर भई बनेपा बस्दै आएका राम अधिकारीका ५ वर्षीय छोरा आशिष अधिकारी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, पनौतीबाट बनेपा आउँदै गरेको बागमती प्रदेश–०१–०२२ च ३२९१ नम्वरको बोलेरो जिपले ठक्कर दिँदा आशिष गम्भीर घाइते भएका थिए । घाइते उनको बनेपास्थित सिर मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

स्थानीय धनेश्वर महादेव प्राविमा अध्ययनरत आशिषलाई बाटो काट्ने क्रममा जिपले ठक्कर दिएको प्रहरीले जनाएको छ ।