ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु

तु खबर संवाददाता
२०७९ जेष्ठ २१, शनिबार ०८:४२

रुकुम (पूर्व) । रुकुम (पूर्व) को सिस्ने गाउँपालिका–४ स्थित दादीङमा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । शुक्रबार साँझ वडा नम्वर ४ कै कोम्बोटबाट गिट्टी लोड गरेर दादीङतर्फ आउँदै गरेको रा १ त १६१६ नम्वरको ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व) ले जनाएको छ ।

मृत्यु हुनेमा सिस्ने–४ दादीङकै १५ वर्षका आकाश बुढा र सोही ठाउँकै ५० वर्षीया नन्दी बुढा रहेका छन् । यस्तै, सोही दुर्घटनामा परेर दुई जना घाइते भएका छन् । घाइतेकोे रुकुम (पूर्व) अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।