उच्च अंकले घट्यो नेप्से परिसूचक

तु खबर संवाददाता
२०७९ जेष्ठ २०, शुक्रबार १६:४८
file-photo

काठमाडौं । आज साताको अन्तिम दिन पुँजि बजार कारोबार हुने नेप्से परिसूचक उच्च अंकले घटेको छ । बिहीबार १८.२६ अंकले घटेर २११२.४७ विन्दुमा पुगेको नेप्से परिसूचक शुक्रबा ३३.७६ अंकले घटेर २०७८.७० मा पुगेर रोकिएको छ ।

शुक्रबार कूल ३८ लाख ४८ हजार ५०८ कित्ता शेयर एक अर्ब ३० करोड ७३ लाख ५९ हजार ५४१ रुपैयाँको शेयर कारोबार भएको छ । शुक्रबार नेप्से २१०० को बिन्दुबाट तल झरेर २०७८ कायम भएको छ । यसअघि बिहीबार नेप्सेमा सूचीकृत २२७ कम्पनीको ३५ लाख ६६ हजार ८१९ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १६ करोड १५ लाख १४ हजार १६८ रुपैयाँको कारोबार भएको थियो ।