माओवादी जनप्रतिनिधिलाई सम्पति विवरण सार्वजनिक निर्देशन

तु खबर संवाददाता
२०७९ जेष्ठ १८, बुधबार १८:३७
file-photo

काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले पार्टीबाट जनप्रतिनिधिलाई आ–आफ्नो सम्पति विवरण सार्वजनिक गर्न निर्देशन दिएका छन् । पार्टीबाट निर्वाचित प्रमुख तथा उपप्रमुखको अभिमुखीकरण कार्यक्रममा बोल्दै श्रेष्ठले सो निर्देशन दिएका हुन् ।

स्थानीय तहका सबै जनप्रतिनिधिहरुले सरकारी नियम र कानूनमा भए÷नभए पनि माओवादीका सबै जनप्रतिनिधिले सम्पति विवरण सार्वजनिक गर्नुपर्ने उनले बताए । उनले जनप्रतिनिधिहरुलाई आफ्नो जति सम्पति छ त्यति यर्थात रुपमा देखाउन सबैलाई आग्रह गरे ।