मंगलबार ३५ अंकले घट्यो नेप्से परिसूचक

तु खबर संवाददाता
२०७९ जेष्ठ १७, मंगलवार १५:४८

काठमाडौं । आज साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक उच्च अंकले घटेको छ । आज नेप्से परिसूचक ३५.५३ अंकले घटेर २१३७.९२ विन्दुमा पुगेर रोकिएको छ ।

आज नेप्सेमा सूचीकृत २२९ कम्पनीको ३७ लाख ६९ हजार ८१२ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ३१ करोड ७६ लाख ९९ हजार ८९ रुपैयाँको कारोबार भएको छ ।

नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज म्युचुअल फण्ड समुह बाहेकका सबै सूचक राताम्य भएका छन् । सर्वाधिक निर्जिबन बीमा समुहको २३६ रुपैयाँ ४२ पैसाले घटेको छ भने म्युचुअल फण्ड समुहको ०.०७ रुपैयाँले बढ्न पुगेको हो ।