काठमाडौं महानगरपालिकाको पहिलो बैठक बस्दै, प्रत्यक्ष प्रसारण

तु खबर संवाददाता
२०७९ जेष्ठ १६, सोमबार १८:११

काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर कार्यपालिका बैठकको प्रत्यक्ष प्रशारण भइरहेको छ । गत बैठक ३० गते भएको स्थानीय तह निर्वाचनमा निर्वाचित मेयर बालेन शाह र उपमेयर सुनिता डंगोलसहितका जनप्रतिनिधिले पद तथा गोपनियताको सपथ ग्रहण गरी पदभार गरेपछि पहिलो बैठक बसेको हो । पदभार ग्रहणसँगै मेयर शाहले नगर कार्यपालिकाको बैठक प्रत्यक्ष प्रसारण गर्ने निर्णय गरेका थिए ।

यस्तै, उनले काठमाडौं महानगरपालिकाभित्रका होटलहरूका शौचालयहरूलाई पनि सार्वजनिक शौचालयको रुपमा प्रयोग गर्ने नीति ल्याइने बताए । उनले नगरभित्र छुट्टै सार्वजनिक शौचालय निर्माण गरेर मात्र आवश्यकताको पूर्ति नहुने बताउँदै होटलहरुको प्रयोग गर्ने नीति लिइएको बताए ।

त्यसको लागि पहिलो चरणमा केही होटल तथा रेष्टुरेन्टहरुसँग आफ्नो कुरा भइसकेको र थप होटलहरूसँग पनि यसका लागि प्रस्ताव गर्ने उनको भनाई छ । निर्वाचन भएपछि आफ्नो घोषणा बमोजिम पहिलो नगरसभाको बैठक प्रत्यक्ष प्रसारण गरेका मेयर शाहले महानगरको फोहोर व्यवस्थापन, खानेपानी, ढल निकासी लगायत अन्य सरोकार पक्षमा महानगरले तत्काल एक्सन लिनेसमेत बताए ।