बागमती प्रदेश नीति तथा कार्यक्रम : ‘एक विद्यालय, एक नर्स’ कार्यक्रमलाई निरन्तरता दिइने

तु खबर संवाददाता
२०७९ जेष्ठ १६, सोमबार १५:२७

मकवानपुर । बागमती प्रदेश सरकारले ‘एक विद्यालय, एक नर्स’ कार्यक्रमलाई निरन्तरता दिने भएको छ । बागमती प्रदेश प्रदेश प्रमुख यादव चन्द्र शर्माले सोमबार सरकारका तर्फबाट आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्दै प्रदेशभित्रका माध्यमिक तहका विद्यालयहरुमा उक्त कार्यक्रमलाई निरन्तरता दिने जानकारी दिएका हुन् ।

त्यस्तै, उच्च शिक्षा पढ्नका लागि ‘छोरी–बुहारीलाई छात्रवृत्ति’ कार्यक्रमलाई निरन्तरता दिने भएको छ भने प्रदेश स्तरीय खेलकुद प्रतियोगिता आयोजना गर्ने र रंगशाला निर्माण गर्ने योजना अघि बढाएको उनले बताए ।

साथै, प्रदेश सरकारले ‘एक वडा, एक पशु सेवा कार्यालय’ को स्थापन गर्ने भएको छ । पशु बिमालाई प्रभावकारी बनाउने र संघ तथा स्थानीय तहको समन्वयमा ‘एक वडा, एक पशु सेवा कार्यालय’ को स्थापना गरिने उनले बताए ।