कर्मचारीको तलब १५ प्रतिशतले बढ्यो

तु खबर संवाददाता
२०७९ जेष्ठ १५, आईतवार १८:३४
File Photo

काठमाडौँ । सरकारले कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गरेको छ । संघीय संसदमा आइतबार आर्थिक वर्ष २०७९/०८० को बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले तलब वृद्धिको घोषणा गरेका हुन् ।

सरकारले इन्टरनेट सेवा शुल्क भने घटाउने भएको छ । अर्थमन्त्री शर्माले इन्टरनेट सेवालाई सर्वसुलभ रुपमा उपलब्ध गराउन सेवा शुल्क घटाउने जानकारी दिएका हुन् ।

त्यसैगरी सरकारले दुई वर्षभित्र सबै नागरिकलाई राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने भएको छ । अर्थमन्त्री शर्माले दुई वर्षभित्र सबैलाई राष्ट्रिय परिचयपत्र उपलब्ध गराइने जानकारी दिए । यस्तै आगामी आर्थिक वर्षमा २० लाखलाई राष्ट्रिय परिचयपत्र वितरण गरिने अर्थमन्त्री शर्माले बताए ।