बजेट भाषणः खाना पकाउने ग्यासको मूल्य झन बढ्ने
काठमाडौँ । सरकारले खाना पकाउने ग्यासको सहुलियत कटौती गर्ने भएको छ । तीन वर्षमा क्रमशः यस्तो सहुलियत कटौती गरिने बजेटमार्फत् व्यवस्था गरिएको हो ।
बजेट पेस गर्दै अर्थमन्त्री शर्माले ग्यासको उपयोग प्रतिस्थापन गर्न विजुलीलाई प्राथमिकता दिइने बताए । अहिले खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर ६५७ सहुलियत छ । सहुलियतसहित ग्यासको मूल्य १८ सय पुगेको छ । सहुलियत हटाएसँगै यसको मूल्य अझ बढ्नेछ ।
त्यसैगरी काठमाडौं उपत्यकामा इन्धनबाट चल्ने नीजि तथा सार्वजनिक सवारी साधनलाई क्रमशः विद्युतीय सवारीमा परिणत गरिने व्यवस्था मिलाइने जनाइएको छ । विद्युतीय सवारी साधनलाई प्रोत्साहन गरिने अर्थमन्त्री शर्माले बताए ।
त्यस्तै, देशका प्रमुख शहरहरूमा विद्युतीय माध्यमबाट भुक्तानी गर्न मिल्ने प्रवन्ध मिलाइने शर्माले जानकारी दिए ।
