आर्थिक वर्ष २०७९/०८० को बजेट आज प्रस्तुत हुने

तु खबर संवाददाता
२०७९ जेष्ठ १५, आईतवार ०९:५२
file-photo

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट आज (आइतबार) प्रस्तुत गर्ने भएको छ । आज अपराह्न ४ बजे बस्ने संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा नेपालको संविधानको धारा ११९ बमोजिम अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्ने भएका हुन् ।

बजेट प्रस्तुतिका लागि सम्पूर्ण सांसदहरूलाई दिउँसो ३ बजेर ३५ मिनेटभित्रै संसद् भवनमा प्रवेश गर्न सभामुख सापकोटाले रुलिङ गरेका छन् । नयाँ बजेटका लागि राष्ट्रिय योजना आयोगले १७ खर्ब ४५ अर्ब रुपियाँको सीमा निर्धारण गरेको छ । सरकारले तोकिएको सीमाभित्रै रहने गरी बजेट ल्याउने जनाएको छ ।