हेटौंडामा ३० जनाले गरे रक्तदान
मकवानपुर । गणतन्त्र दिवसको अवसरमा बागमती प्रदेशको राजधानी हेटौंडामा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । गणतन्त्र दिवस प्रदेशस्तरीय मूल समारोह समितिको आयोजनामा शनिबार हेटौंडामा रक्तदान कार्यक्रम भएको हो ।
कार्यक्रमको बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले शुभारम्भ गरेका कार्यक्रममा ३० जनाले रक्तदान गरेका थिए । हेटौंडा अस्पतालको समन्वयमा भएको कार्यक्रममा प्रदेशसभा सदस्य, राजनीति दलका प्रतिनिधि, नागरिक समाज, सुरक्षा निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
