बसको ठक्करबाट दोङको मृत्यु

तु खबर संवाददाता
२०७९ जेष्ठ ८, आईतवार ०९:३७
सांकेतिक तस्वीर

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्वर १६ अन्तर्गत वनस्थली चोक नजिकको सडकखण्डमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । शनिबार दिउँसो बालाजुबाट स्वयम्भूतर्फ गइरहेको बा ४ ख ५७३९ नम्वरको बसले सोही दिशातर्फ जाँदै गरेको बा ५७ प ३४४४ स्कुटीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा स्कुटरमा सवार नुवाकोट पञ्चकन्या गाउँपालिका ४ थप्रेकका २० वर्षीय राज दोङ रहेको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ । प्रहरीका अनुसार, बसको ठक्करबाट दोङ गम्भीर घाइते भएका थिए । घाइते उनलाई तत्कालै उपचारका लागि नेपाल प्रहरी अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेको हो ।

शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल राखिएको छ । ठक्कर दिने मध्यउपत्यका १ नम्बर यातायातको बस र चालकलाई प्रहरी वृत्त बालाजुले नियन्त्रणमालिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेका छन् ।