मकवानपुरमा सवारी दुर्घटनाः ४ जनाको मृत्यु ४ घाइते
मकवानपुर । मकवानपुरमा साँझ सवारी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । त्यस्तै ४ जना घाइते भएका छन् । दुर्घटनामा घाइते भएकामध्ये ३ जनाको हेटौंडा अस्पतालमा र १ जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
उनीहरूको पहिचानको खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । मृतक ४ जनानै पुरुष रहेको प्रहरीले जानकारी दिएको छ । घाइतेमध्ये चालकसहित ३ जनाको हेटौंडा र एक जनाको काठमाडौंमा उपचार भइरहेको छ ।
हेटौंडातर्फबाट काठमाडौं जाँदै गरेको ना ४ च २३१५ नम्बरको डिआई गाडी शनिबार साँझ इन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ सिमखोलामा पुलको बारमा ठोक्किएर दुर्घटना भएको थियो ।
