हेटौंडा ४ को ३१५७ मतगणनाः मेयरमा राप्रपाको अग्रता कायमै
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ को मतगणना जारी रहेको छ । हालसम्म ३ हजार १५७ मत गणना भएको छ । जसमा मेयर पदमा राप्रपाका उम्मेदवार दिपक सिंहले सबैभन्दा बढी मत प्राप्त गरेका छन् । उनले १ हजार २६६ मत ल्याएका हुन् ।
यसैगरी, गठबन्धनकी मिना लामाले ८०० मत प्राप्त गरेकी छन् भने नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले ७४३ मत प्राप्त गरेका छन् । त्यस्तै, उपप्रमुखमा गठबन्धनका राजेश बानियाँलाई १ हजार ५४५ मत, एमालेकी सुमित्रा काफ्लेलाई ८९१ मत र राप्रपाकी इन्दिरा डल्लाकोटीलाई ४१५ प्राप्त भएको छ ।
वडा अध्यक्ष पदमा गठबन्धनको तर्फबाट कांग्रेसका हरिप्रसाद पौडेलले १ हजार २५१ मत, एमालेका नविन सिग्देलले १ हजार ३०१ मत र राप्रपापाका उम्मेदवारले ३४२ मत प्राप्त गरेका छन् ।
