हेटौंडा ७ मा ११६५ मतगणना हुँदा वडाध्यक्षमा गौतम अगाडि

तु खबर संवाददाता
२०७९ जेष्ठ ४, बुधबार १५:४३
file-photo

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ७ को मतगणना जारी रहेको छ । हालसम्म १ हजार १६५ मतगणना हुँदा मेयर पदमा गठबन्धनकी मीना लामाले ३५४ मत, नेकपा एमालेका अनन्त पौडेलले ४०४ मत र राप्रपाका दीपक सिंहले ३०८ मत पाएका छन् ।

त्यस्तै, उपप्रमुख पदमा गठबन्धनका राजेश बानियाँले ५९३ मत, एमालेकी सुमित्रा काफ्लेले ४४४ मत र राप्रपाकी इन्दिरा डल्लाकोटीले ४६ मत प्राप्त गरेका छन् । वडा अध्यक्ष पदमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार दामोदर गौतमले ६०६ मत पाउँदा नेकपा एमालेका उम्मेदवार राजन थापाले ५१७ मत पाएका छन् ।