हेटौंडा ६ मा ३३ मतले कांग्रेसका दाहाल निर्वाचित

तु खबर संवाददाता
२०७९ जेष्ठ ४, बुधबार १५:०५

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६ को वडा अध्यक्ष पदमा कांग्रेसका विष्णुबहादुर दाहाल निर्वाचित भएका छन् । उनले १ हजार १८१ मत ल्याएका थिए । उनका प्रतिस्पर्धी नेकपा एमालेका विश्वराज राई १ हजार १४८ मत पाएका छन् । दाहालले ३३ मतले राइलाई पराजित गरेका हुन् ।

त्यस्तै माओवादीका राजु गुरुङले २४९, राप्रपाका केदार राईले ७५७ मत पाएका छन् ।

सो वडाबाट मेयर पदमा नेकपा एमालेका अनन्त पौडेललाई ९७५, राप्रपाका दीपक सिंहलाई १ हजार ४०४ र गठबन्धनकी मीना लामालाई ८३२ मत प्राप्त भएको छ । त्यस्तै उपमेयर पदमा एमालेकी सुमित्रा काफ्लेलाई १ हजार ६६, गठबन्धनका राजेश बानियाँलाई १ हजार ४८६ र राप्रपाकी इन्दिरा डल्लकोटीलाई ५६९ मत प्राप्त भएको छ । सो वडामा कूल ३ हजार ५४३ मत खसेको थियो ।