हेटौंडा ६ मा ३३९५ मत गणना हुँदा कांग्रेसका दाहाल अगाडि
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६ को मतगणना जारी रहेको छ । हालसम्म ३ हजार ३९५ मत गणना भएको छ । जसमा मेयर पदमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दिपक सिंहले १ हजार ३७१ मत प्राप्त गरेका छन् ।
यसैगरी, गठबन्धनकी मिना लामाले ८१० मत, नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले ९५५ मत प्राप्त गरेका छन् । त्यस्तै, उपप्रमुखमा गठबन्धनका राजेश बानियाँलाई १ हजार ५० मत, एमालेकी सुमित्रा काफ्लेलाई १ हजार ४३८ मत, राप्रपाकी इन्दिरा डल्लाकोटीलाई ५५५ मत प्राप्त भएको छ ।
वडा अध्यक्ष पदमा एमालेका उम्मेदवार विश्वराज राईले १ हजार १२० मत, कांग्रेसका उम्मेदवार विष्णुबहादुर दाहालले १ हजार १५२ मत, राप्रपाका उम्मेदवार केदार राईले ७४८ मत र नेकपा माओवादी केन्द्रका उम्मेदवार राजु गुरुङले २४० मत प्राप्त गरेका छन् ।
