हेटौंडा ४ मा रोचक प्रतिस्पर्धा: मेयरमा राप्रपा, वडा अध्यक्षमा एमाले अगाडि
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ को २ हजार ४५४ मतगणनाको मतपरिणाम सार्वजनिक भएको छ । प्राप्त नतिजा अनुसार मेयर पदमा नेकपा एमालेका अनन्तप्रसाद पौडेलले ५७६ मत पाउँदा गठबन्धनकी मीना कुमारी लामाले ६२८ मत पाएकी छिन् ।
त्यस्तै राप्रपाका दिपकबहादुर सिंहले १०१६ मत पाएका छन् । सिंहले गठबन्धनकी लामालाई ३८८ मतले पछाडि पारेका छन् ।
उपमेयरमा एमालेकी सुमित्रा काफ्लेले ६९२ मत पाउँदा गठबन्धनबाट नेपाली कांग्रेसका राजेश बानियाले ४२८ मत पाएका छन् भने राप्रपाकी इन्दिरा डल्लाकोटीले ३३९ मत पाएकी छिन् ।
यसैगरी, वडा अध्यक्षमा एमाले नविन सिग्देलले १ हजार २६ मत ल्याएका छन् भने गठबन्धनका तर्फबाट कांग्रेसका हरिप्रसाद पौडेलले ९८७ मत पाएका छन् । सिग्देल पौडेलभन्दा ३९ मतले अगाडि छन् । त्यस्तै राप्रपाका उम्मेदवारे २७६ मत ल्याएका छन् ।
