हेटौंडा १४ मा ३०० मत गन्दा एमाले अगाडि

तु खबर संवाददाता
२०७९ जेष्ठ ३, मंगलवार १८:०७
file-photo

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १४ को मतगणना जारी रहेको छ । हालसम्म ३ सय मत गणना भएको छ । जसमा मेयर पदमा नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले १६५ मत प्राप्त गरेका छन् ।

यसैगरी, गठबन्धनकी मिना लामाले ७१ मत प्राप्त गरेकी छन् भने राप्रपाका उम्मेदवार दिपक सिंहले २७ मत प्राप्त गरेका छन् । त्यस्तै, उपप्रमुखमा एमालेकी सुमित्रा काफ्लेलाई १७७ मत, गठबन्धनका राजेश बानियाँलाई ८५ मत र राप्रपाकी उम्मेदवार इन्दिरा डल्लाकोटीलाई १० मत प्राप्त भएको छ ।

वडा अध्यक्ष पदमा एमालेका उम्मेदवारले १९० मत, गठबन्धनका उम्मेदवारले ९६ मत र राप्रपाका उम्मेदवारले ३ मत प्राप्त गरेका छन् । हाल हेटौंडा ३, ४, ५, ६, १४, १५, १६ र १७ नम्वर वडाको मतगणना जारी रहेको मुख्य निर्वाचत अधिकृतको कार्यालय हेटौंडाले जनाएको छ ।