हेटौंडाका दाहालको मृत्यु

तु खबर संवाददाता
२०७९ जेष्ठ ३,मंगलवार १७:३२
सांकेतिक तस्वीर

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १९, बस्तिपुरका विशेष दाहालको मृत्यु भएको छ । २० वर्षीय दाहालको सवारी दुर्घटनामा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीका अनुसार, सोमबार बेलुका भतरपुरको विशालचोकबाट जानकीचोकतर्फ जाँदै गरेको ना ६३ प ९३०३ नम्वरको मोटरसाइकल र विपरित दिशातर्फ आउँदै गरेको ना ३८ प ७८७६ नम्वरको स्कुटर भरतपुर महानगरपालिका–४, नयनचोकस्थित एकापसमा ठोक्किएर दुर्घटना हुँदा दाहाल गम्भीर घाइते भएका थिए ।

गम्भीर घाइते उनको भरतपुरस्थित मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दाहाल अध्ययनका लागि भरतपुरस्थित मामाघरमा बस्दै आएका थिए ।