हेटौंडा १७ मा १८८५ मतगणना : कसले कति पाए ?

तु खबर संवाददाता
२०७९ जेष्ठ ३,मंगलवार १६:३३

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १७ को मतगणना जारी रहेको छ । हालसम्म १ हजार ८८५ मत गणना भएको छ । जसमा मेयर पदमा गठबन्धनकी मिना लामाले ५४४ मत प्राप्त गरेकी छन् ।

यसैगरी, राप्रपाका उम्मेदवार दिपक सिंहले ५६५ मत, नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले ५१० मत प्राप्त गरेका छन् । त्यस्तै, उपप्रमुखमा गठबन्धनका राजेश बानियाँलाई ७३९ मत, एमालेकी सुमित्रा काफ्लेलाई ५५३ मत र राप्रपाकी इन्दिरा डल्लाकोटीलाई ४७ प्राप्त भएको छ ।

वडा अध्यक्ष पदमा कांग्रेसका उम्मेदवारले ६३५ मत, एमालेका उम्मेदवारले ५४१ मत, नेकपा माओवादीका उम्मेदवारले ४३९ मत प्राप्त गरेका छन् ।