हेटौंडा १५ मा ५०० मतगणना : कसले कति पाए ?

तु खबर संवाददाता
२०७९ जेष्ठ ३,मंगलवार १४:५१

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ को मतगणना जारी रहेको छ । हालसम्म ५ सय मत गणना भएको छ । जसमा मेयर पदमा गठबन्धनकी मिना लामाले १७० मत प्राप्त गरेकी छन् ।

यसैगरी, राप्रपाका उम्मेदवार दिपक सिंहले ४६ मत, नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले २३४ मत प्राप्त गरेका छन् । त्यस्तै, उपप्रमुखमा गठबन्धनका राजेश बानियाँलाई १७२ मत, एमालेकी सुमित्रा काफ्लेलाई २६५ मत र राप्रपाकी उम्मेदवार इन्दिरा डल्लाकोटीलाई १४ मत प्राप्त भएको छ ।

वडा अध्यक्ष पदमा कांग्रेसका उम्मेदवारले १६० मत, एमालेका उम्मेदवारले २९८ मत, राप्रपाका उम्मेदवारले ६ मत प्राप्त गरेका छन् । हाल हेटौंडा, ३, ४, ५, ६, १४, १५, १६ र १७ नम्वर वडाको मतगणना जारी रहेको मुख्य निर्वाचत अधिकृतको कार्यालय हेटौंडाले जनाएको छ ।