हेटौंडा ४ मा १४०४ मत गणना : मेयरमा राप्रपा, वडामा गठबन्धनको अग्रता कायमै
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ को मतगणना जारी रहेको छ । हालसम्म १ हजार ४०४ मत गणना भएको छ । जसमा मेयर पदमा गठबन्धनकी मिना लामाले ३६४ मत प्राप्त गरेकी छन् ।
यसैगरी, राप्रपाका उम्मेदवार दिपक सिंहले ५५९ मत, नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले ३३४ मत प्राप्त गरेका छन् ।
त्यस्तै, उपप्रमुखमा गठबन्धनका राजेश बानियाँलाई ७०७ मत, एमालेकी सुमित्रा काफ्लेलाई ३९१ मत र राप्रपाकी इन्दिरा डल्लाकोटीलाई १९६ प्राप्त भएको छ ।
वडा अध्यक्ष पदमा गठबन्धनको तर्फबाट कांग्रेसका हरिप्रसाद पौडेलले ५७८ मत, एमालेका नविन सिग्देलले ५७८ मत र राप्रपाका उम्मेदवारले १५९ मत पाएका छन् ।
